संसदीय समितिको सभापतिमा रास्वपाले उम्मेदवारी दिने

Friday August 25, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही बिषयगत समितिको सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले क्षमताले भ्याएसम्मको समितिको सभापतिमा उम्मेद्वारी दिने र अन्य समितिका बिषयमा आन्तरिक छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनले भने, ‘११ गते हुने संसदीय विषयगत समितिका सभापतिहरुको निर्वाचन, हामीले यो अधिवेशनमा प्रस्ताव गरेका संकल्प र सार्वजनिक महत्वका विषयहरु र आगामी संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले खेल्नुपर्ने भूमिका विषय थियो । सभापतिको विषयमा पार्टीले जहाँ आफ्नो क्षमताले भ्याउँछ, त्यहाँ हामीले उम्मेदवारी दिने, अन्य समितिमा एक खालको आन्तरिक छलफल गर्नेछौं ।’

बैठकले निर्वाचन क्षेत्र बिकास कार्यक्रममा सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गरेको उनले बताए ।
बैठकमा संसद बैठकमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने र देश र जनताको मुद्धाहरुलाई उठाउनका निरन्तर छलफल गर्ने निर्णय गरेको छ ।


भर्खर

धनगढीमा ग्याङ फाइट : दुर्गा टोलमा सेना परिचालन

धनगढीः धनगढीमा प्रहरीमाथि नै आक्रमण भएपछि सुरक्षा व्यवस्था झन् कडा बनाइएको छ । धनगढी उपमहानगरपालिका–१३

कैलाली–कञ्चनपुरका बाख्रामा पिपीआरको सङ्क्रमण पुष्टि

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर चिनिने पिपीआर रोगको सङ्क्रमण

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ : मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न