विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ : गगन थापा

Sunday August 20, 2023

पढ्न लाग्ने समय :


झापा । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको औँल्याएका छन् ।

नेपाल विद्यार्थी सङ्घ झापाअन्तर्गत कनकाइ र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बात्येका हुन् ।

“हामीलाई समस्या मात्रै देखाउने मान्छे चाहिएको छैन”, उनले भने, “दिगो विकास विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ, समस्या त जसले पनि औँल्याउन सक्छ ।”

महामन्त्री थापाले युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने विश्वास व्यक्त गर्दै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन २० वर्षे योजना तयार गर्नुपर्नेमा जोड दिए ।

नेपालको जनसङ्ख्यालाई आङ्कलन गर्दा अबको २० वर्षमा मुलुक बुढो हुने भएकाले विकास सम्भव नहुने उनको भनाइ थियो । जापान, कोरिया जस्ता देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका बताउँदै उनले भने, “समयमै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सके मात्रै दिगो विकास हासिल गर्न सकिन्छ ।”

नेविसङ्घ एउटा स्कुल भएकाले यहाँ सिक्नुपर्ने थुप्रै सामाग्री ‘कन्टेन्ट’ रहेको बताउँदै थापाले चेतना र समृद्धिको राजनीतिमा लाग्न सबैलाई आग्रह गरे । नेविसङ्घ कनकाई इकाइ समिति अध्यक्ष किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेविसङ्घ झापा सभापति सञ्जय निरौलाले स्वागत गरेका थिए । कार्यक्रम  सञ्चालन भने गोकुल पौडेल र गृष्मा सापकोटाले गरेका थिए ।


भर्खर

मुख्यमन्त्री शाहकाे पाँच लाख घुस प्रकरण: वन अधिकृत भट्टसँग स्पष्टीकरण माग

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएपछि वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग

दार्चुलामा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

दार्चुला:   दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको

एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज