सीमाको भूमि जोगाउन पहल गर्छु : रमेश लेखक

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन् ।

बाढी र डुबानको चपेटामा रहेको कुतियाकवर सीमा बस्तीको स्थलगत अनुगमनका क्रममा बिहीबार पूर्वमन्त्री लेखकले नेपाल–भारत सीमासित जोडिएको भूमि भएकाले भूमि जोगाउनका लागि पनि तटबन्ध निर्माण अति आवश्यक रहेको बताएका हुन् ।

महाकाली र जोगबुढा नदीको किनारको बस्ती भएकाले कुतियाकवर बाढी र कटानको समस्याबाट ग्रसित रहेको उनको भनाइ छ । “निर्वाचनका बेला बाँध निर्माण गर्ने चुनावी एजेण्डा पनि थियो”, नेता लेखकले भने, “तटबन्ध निर्माणको ठेक्का भइसकेकोले आगामी हिउँददेखि यहीँबाट निर्माण सुरु हुन्छ ।”

उनले नदीमा पानी बढेको र निर्माण सामग्री ल्याउनसमेत कठिनाइ भएकाले अहिले तत्कालका लागि अस्थायी तटबन्ध बनाएर बस्ती जोगाउन पहल गर्ने बताए । उनले भने, “यस विषयमा सरोकारवाला निकायसित पनि छलफल गर्नेछु ।”

विसं २०२२ देखि बसोबास रहेको कुतियाकवरमा हाल ४२ परिवारको बसोबास रहेको छ । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि पहिलो पटक सो बस्ती नगरका अन्य क्षेत्रसित जोडिएको थियो ।


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ