तत्काल राहदानी बनाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

Saturday July 30, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका सेवाग्राहीलाई एकदिनमै काम हुन्छ भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौंका विवेक गुरुङ छन् ।

प्रहरीकाअनुसार पक्राउ परेका मध्ये गुरुङको चाबहिलमा रोज बर्ड नामक फोटो स्टुडियो रहेको पाइएको छ । उनीहरुले विभिन्न व्यक्तिका नाममा आवेदन भरेको ३२ वटा अनलाइन फारम पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि चार दिन म्याद लिइएको वृत्तले जनाएको छ ।


भर्खर

कैलाली उद्योग वाणिज्य संघको टोली त्रिनगर-गौरीफन्टा नाकामा

धनगढीः कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन गरेको छ। एक सय रुपैयाँ बढीको सामान

बाजुरामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

बाजुरा : जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । सुत्केरी व्यथा

भारतमा दुवै हातखुट्टा भाँचिएका रुपेशको माया मेट्रोले ग¥यो निःशुल्क शल्यक्रिया

धनगढी : बैतडीको दशरथचन्द नगरपालिकाको निग्लासैनका १६ वर्षीय रुपेश भुलको माया मेट्रो अस्पतालले निःशुल्क शल्यक्रिया